• २०८३ असार १६ गते मङ्गलवार

बलात्कारको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, सुनसरी । प्रहरीले सुनसरीका एक पुरुषलाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अरोपमा पक्राउ गरेको छ । सुनसरी प्रहरीले देवानगञ्ज गाउँपालिका–७ राजगङ्ज सिनुवारी महेन्द्रप्रसाद मेहता जवरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो ।

मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले पुष्टि गरे । उनका अनुसार मेहतालाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । महिलाको स्वास्थ्य परीक्षण शुक्रबार नै इनरुवा अस्पतालमा गरिएको छ भने मेहता माथि मुद्दा चलाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस