कात्तिक २२,काठमाडौं । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जापानको भूगर्भ विभागले जानकारी दिएके छ । सरकारी अधिकारीहरुका अनुसार भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइसकेको छैन ।