• २०८३ असार ६ गते शनिवार

कोरोनाका कारण झापामा स्वास्थ्यकर्मी सहित दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, झापा । झापामा एक स्वास्थ्यकर्मी सहित दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बेलुका र शनिवार विहान एक÷एक जनाको ज्यान गएको हो ।

झापा शिवसताक्षी नगरपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्थानीय एक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी महिलालाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि बिराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । प्रारम्भिक चरणमा दमकस्थित लाईफलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएकी उहाँलाई पछि विराटनगर लगिएको थियो । यस्तै विर्तामोड नगरपालिका वडा नं. ६ की ४२ वर्षिया महिलाको शुक्रबार राती नोवेल अस्पतालमा उपचारको क्रममा राति ११ बजेतिर मृत्यु भएको छ ।

योसगैं झापामा शनिबार दिउसोसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस