• २०८३ बैशाख १६ गते बुधवार

गजल!”सदैभरी स्वागत गर्छन हाम्रा एकताका हात हरुले”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

सदैभरी स्वागत गर्छन हाम्रा एकताका हात हरुले,
बर्गशंघर्षमा बिस्वाश गर्छन श्रमजिवी जात हरुले।

रुढीवादी मानसिकता लाई बदल्नमा जोड दिन्छौ,
गरिब लाई अन्यौलमा पारे यस्ता काला रात हरुले।

आफ्नो देश छाडी आयौँ केहि होलाकी भनी यँहा,
हाम्रो पिछा कहिलै छाड्नेभैन दुखका खात हरुले।

रात ढल्छ दिन आउँछ मज्दुरीको हतार हामिलाई,
भेट्नै सकिन गरिबको बस्तिमा नौलो प्रभात हरुले।

नारा त सबैले घन्काउँछन नँया जनवादी क्रान्तिका,
त्यो नारालाई पनि उछुँन्दै गए उन्को औकात हरुले।

कसोगरी ल्याउँन सक्छौ परिवर्तन यस्तो भए चाला,
बलियो चोखो एकता बिनाको स्वार्थि जमात हरुले।

चार दशक जति यहि सेतेको पनि अनुभबछ मनमा,
एकताको आस्थालाई ढाल्न सक्दैन प्रतिघात हरुले।

Sharing

प्रतिक्रिया दिनुहोस