कात्तिक २२, पाल्पा । पाल्पामा चोरी काण्डमा संलग्न २ जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले झण्डै १३ लाख जति गरगहना र नगत बरामत गरिएको छ ।
रामपुर नगरपालिका–८ ढकालचौपारीकी मनकुमारी श्रेष्ठको घरमा कात्तिक १८ गते बिहान डकैती गर्ने समूहका दुई जनासहितलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । उनले घटनामा घरपरिवारकै सदस्यहरूको मिलोमतो रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए । मनकुमार श्रेष्ठको घरमा अपरिचित ३ जना व्यक्तिहरू अचानक खुकुरी देखाई कुटपिट गरी डर धम्की दिइ बाकस र दराजमा रहेको नगद तीन लाख अन्ठाउन्न हजार र सुनका विभिन्न गरगहना गरी अन्दाजी ९ लाख ५० हजारको लुटपाट गरी लगेका थिए’, जिल्ला प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।
घटनाका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घरधनी मनकुमार श्रेष्ठकी बुहारी राममाया श्रेष्ठ र पूर्व नवलपरासी बौदीकाली गाउँपालिका– ३ घर भई हाल रामपुर नगरपालिका– ५ बस्ने माधव पंगेनी समेतको मिलोमतोमा योजना बनाइ डाका चोरी गरी लुकाई छिपाई राखेको सम्पूर्ण नगद तथा गरगहनाहरू बरामद गरी डाका चोरी मुद्धाअन्तर्गत अनुसन्धान प्रक्रिया जारी रहेको छ ।