• २०८३ असार ४ गते बिहिवार

विश्वमा कोरोना संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२,काठमाडौँ । कोरोनाका कारण अहिलेसम्म विश्वमा ८ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । आइतबार एकै दिनमा विश्वभरि २ लाख ३१ हजारबढी संक्रमित थपिएका छन् भने ४ हजार १२९ को ज्यान गएको छ । तर एकै दिन २ लाख ११ हजारभन्दा बढी मानिस संक्रमणमुक्त समेत भएका छन् । हाल विश्वभर कुल संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार नाघेको छ ।


हाल सर्वाधिक संक्रमित अमेरिकामा रहेका छन्, त्यहाँ कुल ६४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएको छ । ब्राजिलमा भने कुल ४१ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस