भाद्र २२ , भारत । भारतमा पछिल्लो समय दिनानुदिन कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेको छ । अहिलेसम्म सबैभन्दा बढी संक्रमित रहेको देश अमेरिका छ, भारत दोस्रो स्थानमा पुगेको छ ।
भारतमा आइतबार एकैदिन हालसम्मकै बढी ९१ हजार ७२३ संक्रमित फेला परेको विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डोमिटर्सले जनाएको छ । शनिबार पनि त्यहाँ एकैदनि ९० हजार ६०० संक्रमित फेला परेका थिए । तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ । आइतबार नै भारतले ब्राजिललाइ समेत उछिनेर सर्वाधिक संक्रमित हुनेको लहरमा दोस्रो स्थानमा उक्लिएको हो । भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यहाँ कोरोनाकै कारण आइतबार १ हजार ८ जनाको मृत्यु भएको छ । शनिबार पनि १ हजार ४४ जनाले ज्यान गुमाएका थिए । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने कुल संख्या ७१ हजार ६८७ पुगेको छ ।
आइतबार एक दिनमा त्यहाँ ६९ हजार ६२४ जना संक्रमणमुक्त भएका छन् । शनिबार पनि एकैदिन त्यहाँ ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए । यससँगै हालसम्म भारतमा कुल संक्रमितमध्ये ३२ लाख ४७ हजार २९७ जना कोरोनामुक्त भएका छन् भने ८ लाख ८३ हजारभन्दा बढीमा भाइरस सक्रिय छ । भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार त्यहाँ सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा फेला परेका छन्