• २०८३ साउन २० गते बुधवार

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, रुपन्देही । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८:३० बजे मृत्यु भएको छ ।भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी तीन दिनसम्म नेपालगन्जकै न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए । भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।

पाँच वर्षदेखि मुटु र तीन वर्षदेखि मधुमेहका रोगी रहेका उनको मृत्युको कारण मुटुको रक्तनली बन्द हुने समस्या (टीभीडी) रहेको स्वास्थ्य कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस