भदौ २२, बाजुरा । नेपाल सरकाले मध्य तथा सूदूर पश्चिमाका पहाडी जिल्लामा कुप्रथाको रुपमा रहेको हलिया प्रथा उन्मुलन गरेको हिजो १२ बर्षपुरा भएको छ । बाजुरा लगायतका जिल्लाहरुमा हलियाको जनजीवनमा भने कुनै प्रभाव नपरेको हालिाहरुको दुखेसो रहेको छ । मुक्त घोषण गरेपछि सरकारले पुर्नस्थापनाका कार्यक्रमहरु संचालन गरेपनि हलियाहरुको जिविको पार्जनका लागि ठोस कार्यक्रयममा ल्याउन नसक्दा उनिहरुको दैनिकी पुरानै अवस्थामा रहेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्किले बताउनु भयो ।
हलिया मुक्ति दिवसको अवसरमा जिल्ला हलिया मुक्ति समाज बाजुराले सात बुदे माग सहित नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी मार्फत भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाइ पठाइएको ज्ञपान पत्रमा हलियाको पुर्न स्थापनाका लागि तिन तहको सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने , हलिया परिवारलाई वित्तय सहजताका लागि बिषेश निति अपनाउन माग गरेको छ ।
हलिया पहिरवारमा खाद्यान्न संकट ब्यवस्थापन, बधुवा श्रम निषेध मस्यौदा पारित गरिनु पर्ने लगायतका माग उल्लेख गरिएको छ । बाजुरा जिल्लामा हाल सम्म १ हजार ६ साय ४४ परिवार हलिया रहेका छन् भने १ हजार चार सय ९१ परिवार मात्र पुनस्र्थापना कार्यक्रममा समावेस भएका छन् ।