• २०८३ बैशाख ४ गते शुक्रवार

मुगुका बालबालिकालाई कुपोषणले च्याप्दै

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २२, मुगु । हिमाली जिल्ला मुगुका बालवालिका लाई पछिल्लो समय अत्याधिक मात्रामा कुपोषणले च्याप्दै गएको पाइर्एको छ । विगतका वर्षहरु भन्दा यो वर्ष जिल्ला भरका धेरै बाल बालिकालाई कुपोषण रोगले च्याप्दै गएको पाईएको हो ।

जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं ९ कालै निवासि वर्ष २० कि हजारमति विक अहिले जिल्ला अस्पताल ठिनि मुगुमा हुनुहुन्छ । उनको आफ्नै १० महिनाकि छोरी सुनिता विक लाई काखमा च्याप्दै रात विताईरहेकि छन् । उनकि १० महिने छोरी सरिता लाई काखमा राखेको आज ३ दिन भएको छ । उनकि छोरी कुपोषण भएको त्यहाका चिकित्सकले जनाएका छन् । छोरी सरिताको उपचारको लागि चिकित्सकहरु दिन रात खटिएका छन् । १० महिने छोरी लाई काखमा च्याप्दै गरेकि हजारमति अहिले छोरीको आशमा दिन बिताईरहेकि छन् ।

नेपालको सन्दर्भमा हेर्दा शिशु जन्मे देखि ५ वर्ष सम्म आमाको दुध खान पाउनु अधिकार हो तर सरिताकि आमा हजारमतिले छोरी सरिता लाई त्यो दिन सकेकी छैनन । विडम्वना उसको स्तन बाट दुध भने त्यति आउदैनन । अहिले सरिता लाई उल्टि गर्ने , पखाला लाग्ने , जस्ता रोगका लक्षण देखिएको आमा हजार मति विकले बताईन । आमा सरिताको दुध त्यति नआउदा कुपोषणको देखिए पछि आमा हजारमति लाई खानपिनमा पनि मन लागेको छैन , उनको आशा छ त छोरी लाई बचाउन । छोरी सरिताको अवस्था भने अहिले सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी परशुराम नेपालीले बताए । उनका अनुसार हाल जिल्लामा कुपोषण हुने संख्यामा वृद्धि भएको छ । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुमा खानपिन , शिक्षा , स्वास्थ्य , सरसफाई लगायत अन्य विभित विषयमा समयै ध्यान नपुर्याउदा बालवालिका लाई कुपोषण रोगले च्याप्ने गरेको नेपालीले बताए ।

यता सुचना अधिकारी नेपालीका अनुसार अहिले जिल्ला अस्पतालले दैनिक ४ देखि ५ जना बालबालिका माथी कुपोषण रोगको उपचार गरि रहेको छ । श्रावण महिनाको आजको मितिसम्म ३४ जना बालबालिका माथी गम्भीर रुपमा कुपोषण लागेको र अस्पतालले उपचार गरेको , कुपोषण मध्यम खालका ६० जना बालबालिका आएको सुचना अधिकारी नेपालीको भनाई रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस