श्रावण २३, काठमाडौँ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ५४ हजार ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५० लाख २७ हजार ९९४ पुगेको छ ।
योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ७०८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २५ लाख ७२ हजार ५५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ९२ हजार ७३५ जनामध्ये १८ हजार २८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।