असार २३, काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीमा नियुक्त गरेको हो ।

आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । संगठनको नीति निर्माण तहमा धेरै समय बसेर काम गरेका थापा शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् । आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल र सैलेश थापाले जो आइजिपी भएपनि हुने भन्ने सहमतीले नेपाल प्रहरीको आइजिपीका लागि शक्तिकेन्द्र थाउने परम्पराको अन्त्य समेत भएको छ ।