• २०८३ जेष्ठ १६ गते शनिवार

सरिता गिरी : सांसद र पार्टी दुवैबाट बर्खास्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौँ । समाजवादी पार्टीको आज बसेको बैठकले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । उनले संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग गरेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस