• २०८३ बैशाख १८ गते शुक्रवार

चट्याङ लागेर एक हल गोरु र एक भैसी मरे

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट
बैशाख २५, बाजुरा । बाजुराको गौमुल गौमुल गाउपालिका ३ गर्जेमा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको छ । आज दिउसो अत्याधिक बर्षासंगै आएको चट्याङ लागेर गौमुल गाउपालिका ३ का स्थानीय अफिलाल बोहराका एक हल गोरु र एक भैसी मरेको बताइएको छ ।
गोरु र भैसी चराएर घर ल्याउने क्रममा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको स्थानी गंगा बोहराले बताउनुभएको छ । आज दिउसो चार बजेको समयमा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको छ भने अफिलाल बोहराकी १५ बर्षिया छोरी अन्जना बोहरा सामान्य घाएत भएकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस