बैशाख २५, काठमाडाैं । आज दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा र मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर सामान्य बदली रहने छ। देशको मध्य/पूर्वी भू-भागका केहि स्थानहरूमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। जसकाे प्रभाबले हाल देशको सुदुरपश्चिमीका भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।