• २०८३ बैशाख १३ गते आइतवार

मेडपा कार्यक्रम अन्र्तगत गाउँपालिका स्तरीय अभिमुखिकरणन कार्यक्रम थवाङमा सम्पन्न

पढ्न लाग्ने समय : २ मिनेट

पौष २२, थवाङ रोल्पा । स्थानिय स्रोत द्धारा उत्पादित वस्तु रोल्पाको शान,पौरखी र मेहेनती लघु उद्यमी पहिचान भन्ने मुल नाराका गरिवी निवारणका लागी लघु उद्यम विकास मेडपा कार्यक्रम अन्र्तगत गाउँपालिका स्तरीय अभिमुखिकरणन कार्यक्रम सोमबार थवाङमा सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष विर बहादुर घर्तीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सन्चालन मेडपा कार्यक्रम थवाङ गाउँपालिकाकी संयोजक हिसिला डाँगीले गर्नु भएको थियो भने कार्यक्रमको आयोजना आयोजना विकास सरोकार समाज डिकोस रोल्पा, सहजिकरण थवाङ गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिती रोल्पा कार्यक्रमको सहयोगी संस्थाको रुपमा रहेका थियो ।
मेडपा कार्यक्रमका जिल्ला संयोजक उपेन्द्रराज पन्तले कार्यक्रमको बारेमा प्रस्तुतिकरण दिनु भएको थियो । पन्तले लघु उद्यमको वारेमा ,लघु उद्यम विकासको मोडेल, लघु उद्यम विकास मोडेलका विशेषताहरु,मागमा आधारित रणनिती, लघु उद्यम विकास नमुना, उद्यमशिलता विकास तालिम,स्थानीय स्तरमा रोजगारी सिर्जना,आत्मनिभरता र समुन्नत समाजको निर्माण लगायतको बारेमा छलफल भएको थियो ।

गत आर्थिक वर्षमा थवाङ गाउँपालिका वडा नं ४ मा सन्चालन भएको कार्यक्रम यो वर्ष थवाङ गा.पा.को वडा नं २ मा सन्चालन हुने भएको छ । उद्योग विकास समिती गठन गरेर मेडपा कार्यक्रम सन्चालन गर्ने भएकोले थवाङ गाउँपालिकामा धनकुमारी रोका को संयोजकत्वमा ६ सदस्य समिती गठन गरिएको छ । गाउँपालिकामा रहेका स्थानीय स्रोत साधनलाई प्रयोग गरि गाउघरमै रोजगारमुलक उद्यमी बन्नमा मेडपा कार्यक्रमले सहयोगी भुमिका निर्वाह गर्ने छ ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष विर वहादुर घर्तीले भन्नुभयो मेडपा कार्यक्रमले गाउँपालिकामा इच्छाशक्ति भएका बेरोजगारी व्यक्तिहरुलाई जिवनस्तर कसरी माथी उकासन्न सकिन्छ र कसरी रोजगार मुलक बनाउन सकिन्छ त्यस विषयमा यस कार्यक्रमले वडा नं २का जनतामा यसले मद्धत गर्ने छ वरु यस कार्यक्रमलाई दिगो रुपमा कसरी अगाडी बढाउन सकिन्छ त्यता तिर पनि सवैले ध्यान दिएर काम गर्न जरुर रहेको उहाँले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस