• २०८३ बैशाख ७ गते सोमवार

अक्षयको फिल्मले एक बर्षमा कमायो सात सय करोड

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २२ काठमाडौँ । बलिउड नायक अक्षय कुमारले सन् २०१९ मा अक्षयले एउटा नयाँ रेकर्ड कायम गरेका छन् ।

एक बर्षमा सर्वाधिक कमाई गर्ने चलचित्रको नायक अक्षय कुमार बनेका छन् । उनी अभिनित ४ वटा चलचित्र गतबर्ष रिलिज भएका थिए । यी चारै चलचित्र सय करोड क्लबमा प्रवेश गरे ।

उनी अभिनित ४ वटा चलचित्रले भारतीय बक्स अफिसमा ७ सय करोड भन्दा बढी कमाएका छन् गतबर्ष उनी अभिनित ‘केशरी’ले १५४ करोड कमाएको थियो । यस्तै, उनी अभिनित अर्को चलचित्र ‘मिसन मंगल’ले २०२ करोड कमाएको थियो । अर्को चलचित्र ‘हाउसफूल ४’ले बक्स अफिसमा १९४ करोड कमाई गरेको थियो । अहिले चलचित्र ‘गुड न्यूज’ रिलिज भैरहेको छ ।

यो चलचित्रले बक्स अफिसमा १७० करोड बढी कमाइसकेको छ । यसैले पनि अक्षयका चलचित्रले एक बर्षमै ७ सय करोड बढी कमाई गरेका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस