• २०८३ बैशाख २९ गते मङ्गलवार

दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष , २२  इलाम । इलाममा मादक पदार्थ सेवन गरी दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु भएको छ ।

आइतबार राति दाजु ४८ वर्षीय राम बहादुर रसाईलीको कुटपीटबाट सुर्योदय नगरपालिका-१२ आठघरेका ४६ वर्षीय भाइ हर्क बहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।

मादक पदार्थ सेवन गरी झगडा हुँदा दाजुले काठको पिर्का प्रहार गरेका थिए । पिर्काले लागेपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उनका छोराले घरमा लगेर सुताएका थिए । तर बिहान उनी ओछ्यानमै मृत फेला परेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने रामबहादुर फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस