• २०८३ बैशाख ४ गते शुक्रवार

उच्च व्यवसायीक निष्ठा र पूर्ण आचरणयुक्त प्रहरी सेवा प्रवाह गर्नु : प्रहरी महानिरीक्षक थापा क्षेत्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं । नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्री तथा गण्डकी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय बागलुङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भई प्रहरी कार्यालय बागलुङ तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई विभागीय नीति तथा निर्देशन दिनु भएको छ ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षकले समयको परिवर्तन संगै आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा समेत बढ्दै गईरहेकाले उच्च व्यवसायीक निष्ठा र पूर्ण आचरणयुक्त प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । साथै प्रहरी कार्यालयमा आउने आम नागरिकका गुनासो र विविध समस्याको समाधानका लागि प्रहरी नागरिक प्रति उत्तरदायी भई जनतामा प्रहरी प्रति अपनत्वको भावना विकास साथै प्रहरी हाम्रै लागि हो भन्ने धारणाको विकास हुने गरी सेवा प्रवाह गर्न समेत निर्देशन गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस