• २०८३ असोज २४ गते शनिवार

इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा चेल्सी शीर्ष स्थानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी शीर्ष स्थानमा पुगेको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले लिड्समाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलको ४ मिनेटमै लिड्सले खेलमा अग्रता बनाएको थियो। तर घरेलु टोलीका लागि ओलिभिए जिरुले २७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउँदा पहिलो हाफ १-१ को बराबरी टुंगियो। दोस्रो हाफमा म्यासन माउन्टको पासमा गोल गर्दै कुर्ट जोउमाले चेल्सीलाई अग्रता दिलाए। उनले खेलको ६१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै खेलको अतिरिक्त समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दा चेल्सीले ३(१ गोल अन्तरले पुनरागमन जित निकाल्न सक्यो

लिड्स सँगको खेल जितेसँगै चेल्सीको ११ खेल खेल्दा २२ अङ्क जोडेको छ । चेल्सीसँग पराजित भएको लिड्स ११ खेलमा १४ अङ्कसहित १३ औँ स्थानमा रहेको छ । यसअघि चेल्सीको मैदानमा भएका दुई क्लबबीचको १२ प्रतिस्पर्धामध्ये २ खेलमा मात्रै लिड्स विजयी हुन सफल भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस