• २०८३ बैशाख १२ गते शनिवार

तुल्सीपुर स्थित त्रिसिद्देश्वरी कालिका मन्दिरमा चोरी

तेज वली पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिसिद्देश्वरी कालीका मन्दिरमा चोरी भएको छ । गएराति मन्दिरमा रहेका ६ वटा दान पेटिका फोडेर पेटिकामा रहेको दान रकम चोरी भएको मन्दिर व्यबस्थापन समितिका सचिब होमराज शर्माले बताए ।

२-३ दिन अघि पेटिकामा भएका सबै पैसा हामीहरुले निकालेका थियौं, त्यसले गर्दा धेरै पैसा थिएन्, तीन दिनमा बढि भएको भए त्यही ५र७ हजार हुदो हो’, उनले भने‘त्यो पैसा चोरी भएछ ।’ मन्दिरमा चारजना पुजारी बस्ने भएपनि रातिमा कसरी चोरी भयो भन्ने विषयमा कुनै पनि जानकारी नपाएको सचिब शर्माले बताए । उनका अनुसार यस विषयमा प्रहरीलाई खबर गरेको उनको भनाई छ । मन्दिरमा यस अघि पनि पटक(पटक चोरी हुँदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस