• २०८३ असोज ६ गते मङ्गलवार

यस्तो मृत्युको बज्रपात कसैलाई पनि नपरोस !

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

शिक्षण अस्पत्तालमा बिगत २५ वर्षदेखि लेखा अधिकृतकोरुपमा कार्यरत राजाराम इटनी दशैमा घर गए । टिकाको भोलिपल्ट बाइकमा काठमाडौं आए । पहिलादेखि नै हल्का निमोनियाका बिरामी उनी काठमाडौं आएपछि कार्यालय जाँदै गरे तर गत सोमवार राती ११ बजे उनी बेहोस भए र उनी कार्यरत अस्पत्ताल टिचिङमा लगियो ।

डाक्टरले भने “आइसियु खाली छैन ।”

काठमाडौंको टिचिङ अस्पत्ताल जस्तो मुटुमा कार्यरत एउटा अधिकृतले त ज्यान गुमाउनुपर्यो भने अरु सर्वसाधारणको गति के होला ! मान्छे मर्न लागिसक्यो, अस्पत्ताल भन्छ “कोभिड टेस्ट गर” ।

बिडम्बना ! उनका परिवार आत्तिएर चारैतिर फोन गरे कतै एउटा आइसियु बेड खाली पाउन सकेनन । अन्तमा बुढानीलकन्ठको चुन्नीखेलस्थित करुणा अस्पत्तालमा उनलाई लगियो । अपसोच ! डा. ले भने “बेलैमा ल्याउनुभएको भए उपचार हुन्थ्यो ढिला भयो ,सरी !

“आखिर अक्सिजनको अभावले गर्दा काठमाडौंको टिचिङ अस्पत्ताल जस्तो मुटुमा कार्यरत एउटा अधिकृतले त ज्यान गुमाउनुपर्यो भने अरु सर्वसाधारणको गति के होला ! मान्छे मर्न लागिसक्यो, अस्पत्ताल भन्छ “कोभिड टेस्ट गर” ।

साच्चै कोरोनाले गर्दा यो रोग लागेका या नलागेका अन्य रोग भएका मानिसले पनि अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन । यो गरिब मुलुकको नागरिक हुनुको बिडम्बना नै हो ! बल्ल बल्ल क्याम्पस पढन जाने अनि पढाइ बौद्दिकताको मार्गतिर समेटिनुभन्दा ढुङा मूढा गरि झ्याल फुटाएर गरेको राजनीतिक संस्कार बोकेका नेतृत्वले कहिपनी देस हाक्न नसक्ने कुरा सबैलाई प्रष्ट भइसक्यो अब ।

बिगतमा केही नेताहरुले आफ्नो धारणा राखेजस्तो जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र सोही प्रधानमन्त्रीबाट मनोनित विभिन्न क्षेत्रसंग सम्बन्धित विषय बिज्ञ मन्त्रीहरु चुनिएर जाने पद्दतीको बिकास भएमात्र देसले निकास पाउछ अन्यथा यी टिके, हुक्के, बैठके, चम्चे, आसेपासेलाई लगौटी समाएर पूजेकै भरमा मन्त्रीमन्डलमा सामेल गरियो भने हामी अझै ५० औ वर्ष यस्तै मार खेप्न बाध्य हुनेछौ ।

Sharing

प्रतिक्रिया दिनुहोस