कात्तिक २१, काठमाडौंउपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन ।
१.भारतिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको मिति २०७७/०७/१९ गते देखि २०७७/०७/२१ गते सम्मको नेपाल भ्रमण कार्यक्रम सकेर स्वदेश फिर्ता हुने । सेनाध्यक्षको नेपाल भ्रमणको बिरोध मा प्रतिबन्धित विप्लव समुहसहित कार्यगत एकतामा सम्मितित २१ राजनीतिक दलहरू,नेपाली काङ्ग्रेस वी.पी.,सचेत नेपाली पार्टी,राष्ट्रिय युवा पार्टी,ज्ञानेन्द्र शाही,हेमराज थापा लगायत विभिन असन्तुष्ट राजनीतिक दलहरू र व्यक्ति तथा समुहहरूले कालो झण्डा देखाई तथा कालो वेलुन उडाई विरोध प्रदर्शन गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
२.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि असोज २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
३.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।