असोज २०, काठमाण्डौ । चाडबाड नजिकिएसँगै म्याद नाघेका खाद्यवस्तुमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको भेटिएको छ । लकडाउनका बेला नबिकेका सामानमा जोडियाक मार्केटिङ प्रा लिले नयाँ मिति राखेर पठाउने तयारी गरिरहेको पाइएको हो ।

जोडियाक मार्केटिङले पुरानो तथा खान नमिल्ने भइसकेको खाद्यवस्तुमा नयाँ मिति राखेर बजारमा पाउन गरेकोमा आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लकडाउनका बेला नबिकेका सामानमा मिति सच्याएर बजारमा पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।उनीहरूले चकलेट, बिस्कुट, तेल लगायतका सामानमा मिति सच्याएको पाइएको छ ।

यसअघि वाणिज्य विभागले केही व्यवसायीलाई पक्राउ गरेको थियो । यस्ता गतिविधि बजारमा देखिएकाले निगरानी बढाएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमान्डौ को सादापोसाक टोलिले नियन्त्रण लिई आबश्यक कारबाहि अगाडि बढाएको छ