असोज २०,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज २३ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६७ हजार ५ सय ४२ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ६३ जना पुगेको छ ।