असोज २०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेण्ठले अमेरिकी सरकारले निरङ्कुश पार्टीको सदस्यता लिनेलाई नागरिकता नदिने नीतिले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । मंगलबार एक टवीट गर्दै उनले भनेका छन्, यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ । यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र ! ’

अमेरिकाले हालै आफ्नो आप्रवासी नियम परिवर्तन गरी अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने व्यवस्था गरेको छ । गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस ९यूएससीआईएस०ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो ।
अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ। यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उँडाएको छ।यही हो 'नमुना पुँजीवादी लोकतन्त्र' !
— NKShresthaPrakash (@nksthaprakash) October 6, 2020