• २०८३ जेष्ठ १९ गते मङ्गलवार

कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २०, चितवन। चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कावासोती नगरपालिका वडानम्बर ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।डा. लम्सालका अनुसार निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएको थियो ।

वृद्धलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएसँंगै उहाँलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस