भदौ २१,काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् । हालसम्म यहाँ ४१.१० लाख संक्रमति भेटिइसकेका छन् । यस्तै एकैदिन यहाँ ७३ हजार बिरामी निकोसमेत भइसकेका छन् । यससँगै यहाँ निको हुनेको संख्या ३१.७७ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु भएको छ भने हालसम्म यो संक्रमणले भारतमा ७० हजार ६ सय ७९ ले ज्यान गुमाइसकेका छन् ।