जेठ २४, काठमाडौं । नेपाली काग्रेसका नेता तथा प्रतिनिधी सभाका सांसद प्रदिप गिरीले कोरोना प्रकोप पछिको महासंकटमा कृषिलाई ठुलो महत्व दिदैं सिचाईमा ध्उान दिनु पर्नेमा बजेट कनिका छरिएझै छरिएको बताएका छन । उनले २०४७ सालको आन्दोलन, ६३६३ को जनआन्दोलन र गणतन्त्रले ल्याउन नसकेको परिर्वतन कोरोनाको बिचमा आउने बजेटले ल्याउछ कि भन्ने आशा सबै निराशामा बदलिएको बताएका छन ।
प्रनिनिधी सभाको बैठकमा आज बोल्दै उनले कोरोना प्रकोप पछिको महासंकटमा कृषिलाई ठुलो महत्व दिदैं सिचाईमा ध्यान दिनु पर्नेमा बजेट कनिका छरिएझै छरिएको बताए उनले हामी कम्युनिष्ट, काग्रेस, राजपा फोरमको नाममा लडेर आएको यो अवसर हो । गणतन्त्र हो । प्रत्येक संकटमा नयाँ अवसर र आशा हुन्छ तर यो सरकारले अवसरमा बदल्न सकेन ।
हेर्नुहोस भिडीयो