जेठ २४, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख घुससहित पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा अख्तियार उनलाई वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै ठेकेदारसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
घुसबापतको रकम लिँदै गरेको अवस्थामा पुनलाई शनिबार बिहान सालझन्डी १० सैनामैनाबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।