माघ २३, तारकेश्वर । तारकेश्वर नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ । शहरी विकाश राज्यमन्त्री रामवीर मानन्धरको प्रमूख आतिथ्यता तथा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम कान्तिपुर ए बि पार्टी प्यालेसमा भएको हो ।

नगर सभालाई सम्बोधन गर्दै मन्त्री मानन्धरले शुभकामना मन्तव्यमा गणतन्त्र प्राप्त पछि भएको विभिन्न तहको निर्वाचनमा ने.क.पा.ले करिव दुई तिहाइको मत प्राप्त गरेको र निर्वाचनताका सुखि नेपाली, समृद्ध नेपाल भन्ने नाराकासाथ अगाडि वढेकोले सोहिअनुसार तीनै तहको सरकारले काम अगाडि वढाइरहेको वर्तमान परिप्रेक्ष्यमा शुरुका दिनहरुमा आवश्यक कानुनको तर्जुमा हुन नसक्दा जुन असहज परिस्थितिको सृजना भएको थियो अहिले काम गर्न धेरै सहजको वातावरण निर्माण भएको छ र देशव्यापीरुपमा दीर्घकालिन रणनीतिका विकासका कामहरु अगाडि वढिरहेको छन् । हिजोका दिनमा गुठी आन्दोलन भएको र गुठी सम्बन्धि सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिनुपर्ने तर्क उनले प्रस्तुत गरे । तारकेश्वर नगरपालिकामा विकासको सन्दर्भ केलाउँदा जनताको गुनासो वढि सडक, खानेपानी, ढल निकास, शिक्षा स्वास्थ्य नै भएकोले यस नगरवासीको विकासको लागि यी कुराहरुमा हरपल सहयोग गर्न आफु तत्पर रहेको कुरा प्रष्ट्याउनु भयो । धार्मिक तथा साँस्कृतिक धरोहरकारुपमा रहेका हाम्रा विभिन्न ऐतिहासिक महत्वका चिजलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ र काठमाण्डौ उपत्यकाको ऐतिहासिक महत्वका संरचना जोगाउनुपर्ने आजको आवश्यकता छ भन्दै काठमाण्डौका विभिन्न स्थानमा बन्न लागेका सुरुङ्ग मार्ग, फोहोर व्यबस्थापन, केहि कि.मि.वाहिरी चक्रपथको धारणा, व्यबस्थित पार्किङ्ग, सफा महिला मैत्री ट्वाइलेट, तारकेश्वर न.पा.को मुहानमा पानि संकलन, आदिले गर्दा यहाँका जनतामा विकासको लहर छाउने कुरामा दुइमत नहुने कुरा प्रष्ट्याउनु भयो ।

नगरसभालाई सम्बोधन गर्दै मेयर रामेश्वर वोहोराले आ.व.२०७६।७७ को नीति, कार्यक्रम तथा परिमार्जित वजेट प्रस्तुत गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रमअनुसार तारकेश्वर न.पा.ले २०७६ साल पौष मशान्तसम्म कुल १२,२०,०९,४३३।०० रकम राजस्वस्वरुप आम्दानी गरेको र विभिन्न वडा र नगरस्तरीय योजनाहरु कार्यान्वयन भएका र हुँदै गरेका, स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश पुर्वाधार साझेदारी विकास कार्यक्रम अनुरुप केहि उपभोक्तामार्पmत र केहि कार्य योजनाहरु ठेक्कामार्पmत गराउने सम्झौता भएको, वन तथा वातावरण मन्त्रालय, वातावरण विभागबाट शहरी हरित उद्यान विकास कार्यक्रम अन्तर्गत वडा नं.१० मा उपभोक्ता समितिसँग सम्झौता भएको, विभिन्न सडक योजनाको कामहरु सम्पन्न भएको र केहि सम्पन्न हुन बाँकि रहेको, विभिन्न विषयगत शाखाबाट संचालित कार्यक्रमहरुमध्ये कृषि, स्वास्थ्य, पशु सेवा, शिक्षा, महिला तथा बालबालिका शाखाहरुमा विभिन्न चरणमा स्वीकृत भएका कार्यक्रमहरुमा केहि सम्पन्न भएका र केहि कार्यक्रमहरु सम्पन्न हुन बाँकि रहेका कुराहरु जानकारी गराउनुभयो । साथै यसको अलावा काठमाण्डौ जिल्ला समन्वय समितिको सहयोगमा तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य शुरु गर्ने, र्पुजीगत खर्च कम देखिनुको कारण यस नगरपालिकाले टेण्डर प्रकृयामा अग्रिम पेश्कीस्वरुप रकम नदिने र कार्य योजना सम्पन्न भइसकेपछि मात्र रकम फछर्यौट गर्ने प्रचलनले गर्दा भएको कुरा मेयर रामेश्वर बोहोराले प्रष्ट्याउनुभयो । यसरी उपभोक्त हित संंरक्षणको कार्यलाई प्रभावकारी वनाउन वजार अनुगमन गर्ने, न्याय व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने, यस नगरपालिका अन्तर्गत रहेका सहकारीहरुको नियमित अनुगमन, निरिक्षण, नियमनलगाएतका कार्यहरुलाई निरन्तरता दिइने, सार्वजनिक जग्गा र वनको संरक्षणमा जोड दिने र जनताको दैनिक कार्यलाई चुस्त र दुरुस्त राख्नको निमित्त नगरपालिकाका सम्पूर्ण कर्मचारी, जनप्रतिनिधिहरु हरपल प्रयत्नसिल रहने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा केहि वक्ताहरुको जिज्ञासालाई सम्बोधन गर्र्दै तारकेश्वर नगरपालिका अव सिष्टममा चल्दछ र केहि कमि कमजोरीहरु भएको खण्डमा जनताको राय, सल्लाहलाई शिरोपर गरी हुने गरेका अनियमितताप्रति विशेष सजग रहि जनताका गुनासाहरुलाई हर पल सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै नगरपालिकाकी उपमेयर भवानी डोटेलले उक्त कार्यक्रमको उद्येश्यमाथि प्रकास पार्नुहुदै यस नगरपालिकाले अहिलेसम्म गरेका कार्यहरु जनहितनुरुप नै भएका र काम गर्दै जाँदा केहि कमी कमजोरीहरु भएमा आम नगरवासीहरुको सहयोग, सल्लाह र सुझाबको अपेक्षा गरिएको कुरा औल्याउँदै अहिलेसम्म कार्य सम्पादन प्रकृयामा केहि समय विद्यमान कानुनले पनि बाधा व्यबधान खडा गरेकाले केहि असहज वातावरणको सृजना भएता पनि जनताको दैनिक काम काज र हर क्षेत्रको विकासको काममा नगरपालिका सदैव तत्पर रहने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा तारकेश्वर न.पा.का ने.क.पा.अध्यक्ष लवकुमार वस्नेत, नेपाली काँग्रेस तारकेश्वर नगर कमिटिका प्रतिनिधि शिवराम थापा, काठमाण्डौ जिल्ला समन्वय समितिका प्रतिनिधि, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि, ने.क.पा.का प्रतिनिधि, साझा पार्टीका प्रतिनिधिलगाएत विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले आप्mनो धारण राख्दै जनताको आज तत्कालको आवश्यकता भनेको गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी नै हो र यस नगरपालिकाले यी कुराहरुमा तट्कारो ध्यान दिनु जरुरी भएको कुरा औल्याउँदै छैटौ नगर परिषद सफलताको शुभकामना पनि दिएका थिए ।

मन्तव्यको क्रममा तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृतले जनताका गुनासाहरुलाई हरपल सम्बोधन गर्ने र हामी कर्मचारीहरु हरपल यहाँहरुको सेवामा समर्पित भएका छौं र केहि गुनासहरु भएमा यहाँहरुको गुनासालाई हामी सम्बोधन गर्दछौं भन्दै आप्mनो मन्तव्य राख्नुभएको थियो । यसको साथै उक्त कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरु, ने.क.पा.तारकेश्वरका सचिव रामकुमार थापा, विभिन्न विद्यालय व्यबस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, बुद्धिजीवी, महानगरीय प्रहरी बृत्त बालाजुका प्रमूख प्रहरी नायव उपरिक्षक रंञ्जित सिँह राठौर, पत्रकारलगाएत विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको बाक्लो उपस्थित थियो ।