पौष , २१ तनहुँ । तनहुँको आँबुखैरेनीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

आँबुखैरेनी गाउँपालिका-१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घर नजिक रहेको मामा घरबाट फर्कंदै गरेका बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।