• २०८३ असार ८ गते सोमवार

आज पनि नेप्से ओरालो लाग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, काठमाडौँ । आज पनि सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्प्नीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव १४ अंकले घटेर ३२४ दशमलव ३६ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने उल्लास देखिएको छ ।

आज करिब ३ अर्ब रुपैयाँको कारोबार भएको छ । दिनभर भएका ३५ हजार ३ सय ३५ कारोबारबाट २ सय कम्पनीका ९१ लाख २३ हजार ८ सय ९६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपैयाँको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस