• २०८३ बैशाख ८ गते मङ्गलवार

नेकपाका दुई अध्यक्षबीचको बैठक सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका  अध्यक्षद्वयबीच आज बालुवाटारमा करिब एक घण्टा लामो छलफल भएको सचिवालयले जनाएको छ ।

आजको छलफलमा आन्तरिक विषयमा केन्द्रित भएको बताइएको छ । पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेको बुझिएको छ । पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने सुझाव र दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरुभएको हो ।

यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस