• २०८३ बैशाख ४ गते शुक्रवार

सोलुखुम्बुमा पूर्वपतिको  खुकुरी प्रहारबाट श्रीमती मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा पूर्वपतिको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट सोमा लामाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

होमबहादुर र सोमा स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरको अन्य विभिन्न भागमा हान्दा सोमाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली गई हत्या आरोपमा होमबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस