सक्छौ भने संघियता को बिरोध गरौँ हामी,
अखण्ड देशका लागि सडकमा झरौँ हामी।
सदियौँ देश भक्त बनेर मैदानमा झरेकै हौँ,
त्यसैले ता भन्छु कसैसँग पनि नडरौँ हामी।
यँहाछन नव लेण्डुवहरु छिमेका कटपुत्लि,
उनैको कुनियत सबै लाई मिलेर हरौँ हामी।
हो आफ्नै देशमा नि शुन फलाउन सक्छौँ,
सके सम्म बिदेशको सिमाना न तरौँ हामी।
देशभित्र ठुलो दुश्मन बनेर प्रवेश भयकैछ,
त्यो संघियताकै बिरुद्धमा अघी सरौँ हामी।
सरकारले राहादानी दिएर बिदेश पठाउ छ,
अब कुनै हालतमा पनि उडान नभरौँ हामी।
हिमाल पहाड तराई अखण्ड बनाएर राख्न,
संघियताको बिरुद्धमा लाई पछि परौँ हामी।