• २०८३ बैशाख १६ गते बुधवार

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौँ । सर्वोच्च अदालतमा कोरोना संक्रमण छिरेपछि प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बस्नु भएको छ । एक जना न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बस्नु भएको हो ।

अधिकाशं न्यायाधीश होम क्वारेन्टाइनमा बसेपछि आज दुई जना न्यायाधीश मात्रै सर्वोच्च अदालत पुग्नु भएको छ । ती दुई न्यायाधीश सम्मिलित एकल र संयुक्त इजलासले मात्रै मुद्दाको सुनुवाइ गर्नेछ । सर्वोच्च अदालतमा हाल १९ न्यायाधीश छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा बाहेकका १६ न्यायाधीश क्वारेन्टाइनमा छन् । एकजना न्यायाधीश भने संक्रमणका कारण आइसोलेसनमा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस