• २०८३ जेष्ठ ७ गते बिहिवार

ग्लोबल आइएमई बैंकद्वारा ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौँ। ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ ।

पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका वडा नं. ८ सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय छवि सरा सिंजाली, रौतहटको जिल्लाको कटहरीया नगरपालिका वडा नं. ५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिमा स्थानिय महमद जलालुदीन हक र गुल्मी जिल्लाको मालिका गाउँपालिका ६ अर्जेमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय भरत पराजुलीलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडीएमए, यूटीएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस