• २०८३ जेष्ठ ३१ गते आइतवार

उपत्यकामा आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १९, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।

१.पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले पशुपति क्षेत्र विकास काेषकाे कार्यालयमा शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने साथै १९:०० बजे देखि १९:३० वजे सम्म पशुपति क्षेत्र भित्र बत्ती निभाउने (Black Out) गर्ने ।
स्थान :- पशुपति क्षेत्र विकास काेषकाे कार्यालय ।
समय :- ९:०० बजे देखि ११:०० बजे सम्म ।

२.सञ्चारगृहका पीडित पत्रकार /कर्मचारी संयुक्त संघर्ष समितिले पेशागत सुरक्षाकाे ग्यारेन्टीका लागि मिति २०७७/०६/१५ गते देखि २०७७/०६/२० गते सम्म ५ दिने रिले अनसन बस्ने ।
स्थान :- नयाँ बानेश्वर इन्द्रेणी पुडल्याण्ड नजिक ।
समय :- मिति २०७७/०६/१५ गते १४:२० बजे देखि जारी ।

३.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।

४.आंशिक प्राध्यापक संघ अमृत साइन्स क्याम्पस कमिटिले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१३ गते ६:०० बजे देखि गरेको तालाबन्दी जारी ।

५.आंशिक प्राध्यापक संघ सानोथिमी क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते १५:०० बजे देखि गरेको तालाबन्दी जारी ।

६.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (हाल त्रिवि शिक्षण अस्पतालकाे NX1भबनकाे ५०१ नम्बर क्याबिनमा उपचार गराइ रहेको ।)

७.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थान :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।

८.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

Sharing

प्रतिक्रिया दिनुहोस