भाद्र २०, सुर्खेत। राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पतालरपशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो। बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको बताए।
‘सङ्क्रमित कर्मचारी आइसोलेसन बस्नुभएको छ’, उनले भने, ‘कार्यालय सानिटाइज गरेका छौं, कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेका छौं।’ शाखा प्रबन्धक ढुङ्गानाका अनुसार पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिनेछ। रासस