• २०८३ बैशाख १५ गते मङ्गलवार

बाध्यता भन्ने वा विवसता

खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

 भदौ २०, काठमाडौं । विश्व कोरोना आतंकमा अल्झिरहेको छ । नेपाल पनि यसबाट अछुतो रहेको छैन । अझ राजधानी शहर काठमान्डु त झन कोरोनाको हट्स्पोट नै बन्दै गैरहेको समयमा सबै बर्ग समुदायहरु “जो विभिन्न ब्यबसायलगाएत हरेक क्षेत्रमा काम गर्छन” लाई हरेक तहका सरकारले आफुले यस रोग बिरुद्दमा चालेका कदमहरुबारे सचेत गराइरहंदा कुनै कुनै ब्यबसायीले तोकिएको समय सीमाबाहेक पसल ब्यबसाय अनियमित तरिकाले खोल्ने , संचालन गर्ने र मानिसको भिड जम्मा गर्ने तथा पैदल यात्रुहरु बिना माक्स, बिना काम सामाजिक दूरी कायम नराखी अनियन्त्रीत तरिकाले लखर लखर उपत्यकाका हरेक स्थानिय तह अन्तर्गतका सडकहरुमा हिडिरहेको दृश्यले लाग्छ अब कोरोना समुदायस्तरमा फैलिन कुनै आइतवार पर्खिनु पर्दैन ।

 

अझ भदौ १७ गतेको विभिन्न समाचार माध्यमले जानकारी दिएनुरुप उपत्यकाको स्थानिस्तरमा कोरोनाको ब्यापकता करिब ९० प्रतिशत भइसकेको छ । सरकारले निषेधाज्ञा जारी गरिराखेको छ । तैपनि मानिसमा अझै चेतनाको अभाव र रोग भन्दापनि भोक र भविष्यको चिन्ताले सताएर नै मानिस ब्यपार ब्यबसाय संचालन गर्न बाध्य भएको छ । तर जीवन रहेसम्म पछि सबै कुराको परिपूर्णता हुने नै छ । पहिलो प्राथामिकता श्वासको आश हो , जन र मन भए धन त पछि कमाउंला भन्ने कुराको मनन सबैले गर्न जरुरी देखिन्छ । अन्यथा , लकडाउन हटेको एक हप्ता भित्रमा उपत्यका भित्रीनेको लर्कनले गर्दा आज उपत्यकामा कोरोनाको कहरले कतिका मनहरु उजाड बनाइदिएको छ । कतिका उज्वल भविश्यका मार्गचित्रहरु मेटिएका छन त कतिलाई आफन्त गुमाइरहेको पीडा एकातिर छंदै छ भने अर्कोतिर अन्तिम अबस्थामा एक थोपा पानी पनि नदिई आत्माभित्र बाफिएको जलनलाई तड्पाई तड्पाई राख्नुपर्ने बाध्यता छ ! भन्न त सरकारले बाहिर ननिस्कनु, अफिस नजानु, ब्यपार ब्यबसाय नगर्नु आदि इत्यादि भने पनि अचानोको पीडा खुकुरीलाई के थाह भनेजस्तो ज्यान जोगाउनु पनि छ र अर्कोतिर जोगिएको ज्यानलाई पालन पोषण गर्नु छ ।

केही मुठ्ठीभरका धनी ब्यक्तिको गरिब देसमा यो निषेधाज्ञा अबधी भर गाँस, बाँस, कपासको ग्यारेन्टी सरकारले लिने हो भने आज किन पुलिसको लाठी र भाटा खान बाहिर सडकमा निस्किनुपर्दथ्यो र ? कतिपय मानिसलाई यो बाध्यता पनि छ कि , उज्वल भविश्यको चित्र कोर्न काठमान्डु नै गन्तब्यस्थल भएको छ एकातिर भने अर्कोतिर महंगो खाना, भाडा , घरबेटीको किचलो उत्तिकै , कामकाज बन्द , न उध्योग , ब्यपार ब्यबसाय फस्टाएको छ , न त बिदेसको आश नै ! अनि कसरी पुग्ने त्यो गन्तब्यमा ? यस्ता पीडाका कथाहरु लाखौका छन यो काठमान्डुमा, जसले आफ्नो र आफ्ना सन्तानका कुन्ठाहरुलाई मनमा गांठो पारेर बस्नेबाहेक अरु के नै रह्यो त यो जीवनमा ? तैपनि सरकारको आँखा छलेर अनि कोरोनाको त्रासदीलाई कुल्चेर भएपनि केहीले ब्यपार र ब्यबसायहरु चलाइरहेका छन भने यसलाई बाध्यता भन्ने वा विवसता ?

Sharing

प्रतिक्रिया दिनुहोस