• २०८३ बैशाख १० गते बिहिवार

ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ​एसपीसहित ६ प्रहरी घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठक्कर दिँंदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ । पाँच प्रहरीको समेत टाउको, हात लगायत अंगमा सामान्य चोट लागेको छ । घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)भरतपुरमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नारायणगढ–मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताए । अनुगमनका क्रममा गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इञ्जिनीयरसमेत रहेका थिए ।

प्रहरी उपरीक्षकसहितको प्रहरीको अवस्था खतरामुक्त रहेको छ । गाडीको अगाडिको भाग भने पूर्ण क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस