• २०८३ असोज २२ गते बिहिवार

आँखाका रोगि बालक लाई उपचार सहयोग

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १९, मुगु । हिमाली जिल्ला मुगुमा विगत २ वर्ष देखि आँखाको विरामि सँग लडिरहेका एक बालक लाई उपचार खर्च वापत आर्थिक सहयोग गरिएको छ । आई. केयर फाउण्डेसन नेपाल त्रिपुरेश्वर काठमाण्डौ नेपालको आर्थिक सहयोगमा जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ४ का आमा विष्णु महताराका २ वर्षका छोरा कविराज महतारा लाई नगद ३० हजार उपचार खर्च वापत आर्थिक सहयोग गरिएको हो ।

जन्म जातै आँखाको विरामि सँग लडिरहेका कविराजको एक आँखा मासु पलाएर आँखाको ज्योतिनै गुमाएका महताराको आर्थिक स्थिती कमजोर भएकाले उनलाई हाल सम्म कुनै पनि उपचारको सम्भव नभएर घरमै बसेका थिए । यसको एक वर्ष अगाडी जिल्ला आँखा उपचार केन्द्र मुगुमा गए पछि त्यहा पनि उपचार सम्भव नभएको जिल्ला आँखा उपचार केन्द्र मुगुका कार्यालय प्रमुख धुव्र बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार कविराज एक वर्ष पहिले आँखा उपचार केन्द्रमा आएका थिए , यता उपचार हुदैन भनेर बाहिरी जिल्ला गए पछि उपचार सम्भव हन्छ भनेर परामर्श दिएर उनले भने पुन उपचार केन्द्रमा आए पछि आफुहरुले आर्थिक सहयोग जुटाई हिमालय आँखा अस्पताल घारीपाटन पोखराले उपचारको जिम्मा लिने उनले जनाउनु भयो । साथै आते जाते भाडा अभिभावक सहितको भाडा आई.केयर फाउण्डेसन नेपालले गरेको छ ।

उक्त आँखाका रोगि बालकका आमा विष्णु देवि महताराको हातमा नेपाल नेत्र ज्योति संघ मुगु शाखाको आयोजनमा , नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले आर्थिक सहयोग एक कार्यक्रमका बिच शुक्रवार कविराज कि आमा लाई हस्तानतरण गर्नु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस