मंसिर १९, काठमाडौँ। दाङका दुईजना र कैलालीमा एक जना गरी थप तीन जना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ का पुरुष र तुलसीपुरकै पुरुषको उपचारको क्रममा बाँकेमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै यता कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।