• २०८३ बैशाख १६ गते बुधवार

कोरोना बीमाको भुक्तानी तीन दिन भित्र दिन अर्थ मन्त्रालयको निर्देशन

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमा भुक्तानी तीन दिन भित्रमा भुक्तानि दिन पुनः ताकेता गरेको छ । मन्त्रालयले आज बीमा समितिलाई उक्त निर्देशन दिएको हो ।

यस अघि कोरोना बिमा रकम सात दिनभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको भए तापनि निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो । भेरिफिकेशन गर्न बाँकी दावीको भेरिफिकेशन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ । साथै कोरोना बीमा दावी भूक्तानीका सम्बन्धमा बिभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् त्यसबारे विवरण पठाउन मन्त्रालयले जारी गरेको ताकेता पत्रमा उल्लेख छ ।

मन्त्रालयले हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विबरण पेण्डिङ रहेको छ र सो को विवरण र समस्या समाधानका लागि समितिबाट के प्रयास भैरहेको भन्नेबारे पनि जानकारी दिन भनिएकोे छ । साथै मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु केके हुन यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनु हुन बीमा समितिलाई ताकेता पत्रमा भनिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस