मंसिर १९ मुगु । २९ औं अपांगता दिवसको अवसरमा मुगुका २५ जना अपांगता भएका व्यक्तिले परिचय पत्र पाएका छन् । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाको आयोजनामा र जिल्लामा सञ्चालित एक गैर सरकारी संस्था अपांगता पुनस्पर्थाना ग्रामिण विकास केन्द्र डार्डो नेपालको समन्वयमा विहिवार २५ जना अपांगता भएका व्यक्तिले परिचय पत्र पाएका हुन ।

पहिलो चरणमा गहेको असोज १४ गते २९ जना अपांगता भएका ब्यत्तिलाई परिचय पत्र बितरण गरेको नगरपालिकाले दोस्रो चरण अपागंता दिबसका अबसरमा २५ जना गरी हाल सम्म ५४ जनालाई अपागंता परिचय पत्र वितरण गरिएको छ । अपागंता अधिकार ऐन २०७४ र कार्यविधि २०७५ मा उल्लेख भए अनुसार सबै स्थानीय तहलाई अपागंता तापरिचय पत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत वितरण गरिएको हो । छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाको संयोजकत्वमा गठित ११ सदस्यीय अपागंता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपागंता भएकाहरुको स्तर र निष्पक्ष ढंग बाट पहिचान गरि परिचय पत्र वितरण गरिरहेको छायाँनाथ रारा नगरपालिकाकानगर उपप्रमुखसुन्तला रोकायाले बताईन ।

परिचय पत्र वितरणमा ४ प्रकारमा विभाजन गरि वितरण गरिएको हो । जसमा क वर्गका २ जना रहेका छन् भने ख वर्गमा ५ , ग वर्गमा ६ जना र घ वर्गमा १३ जना गरि जम्मा २५ जना लाई अपांगता परिचय पत्र वितरण गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए । उनका अनुसार बुधवार नगरपालिकाको बैठक अनुसार २५ जना लाई छनौट गरि दिवसकै अबसरमा परिचय पत्र वितरण गरिएको मेयर शाहीको भनाई रहेको छ । अपांगता परिचय पत्र वितरण सहित हिमाली जिल्लामा जाडोको समय सुरु भए पछि यहाका अपांगता भएका व्यक्ति लाई जाडो छल्नको लागि न्यानो कपडा र कम्मल पनि वितरण गरिएको छ । अपांगता परिचय पत्र वितरण र दिवसकै अवसरमा बोल्दै मेयर शाहीले आगामि दिनहरुमा नेपाल सरकार र स्थानीय सरकार बाट पाउने सेवा सुविधा , हक अधिकार अब मुगुका अपांगता भएका व्यक्तिले सहजै रुपमा पाउने उनले विश्वास गर्नु भएको छ । कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ आज सो दिवस मनाईएको हो ।
दिवसको अवसरमा बोल्दै अपांगताको प्रतिनिधित्व गरि हाँसा विकले यस्तो बताउनु भयो आफुहरु शारीरिक अपांगता भएता पनि मनका अपांगता नभएको आफ्नो विचार राख्नु भएको छ । स्थानीय सरकार बाट पाउने सेवा सुविधा नपाएको उनीहरुले गुनासो गरेका हुन । अपांगता भएका व्यक्तिहरु लाई समाज सँगै राज्य बाट हेर्ने दृष्टिकोण फरक भएकाले यस कुर दृष्टि लाई कहिले सम्म अन्त्य हुन्छ ? भनेर पनि प्रश्न राख्नु भएको थियो ।
त्यस्तै डार्डो नेपालका अध्यक्ष सक्क बहादुर बुढाका अनुसार विगतको सरकार भन्दा हाल नया बनेको संघिय सरकार , प्रदेश सरकार र स्थानीय सरकार बाट अपांगता सम्बन्धि पाउने सेवा सुविधा हक अधिकार बाट पुर्ण विराम लागेको उनको जिकिर रहेको छ । उनले भने जिल्लामा रहेको सामाजिक विकास कार्यालयले अपौगता भएका व्यक्तिहरु लाई सहयोग स्वरुप ३ लाख बराबर रकममा सामग्री प्रदान गरेको जानकारी दिए । त्यस्तै मुगुमकार्मारोगं गाउपालिका र सोरु गाउपालिकाले पनि रकम प्रदान गरेको उनले भने छायानाथ रारा नगरपालिका बाट कुनै पनि सेवा नपाएको उनको तर्क रहेको छ ।
अध्यक्ष बुढाको विचार लाई जवाफ दिदै छायानाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भामले यस्तो भन्नु भयो पाँचौ नगर सभा बाटै १४ वटै वडा बाट ५० हजारका दरले रकम छुट्याईएको थियो उनले भने एकातिर विश्व महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले छोएको अवस्थामा र लकडाउन पश्चात कुनै पनि कार्य गर्न नसकिएको हुदा छुट्याईएको रकमले काम गर्न नसकिएको उहाले स्पष्ट पार्नु भएको छ । दिवसमै नगरपालिकाका २५ जना अपांगता भएका व्यक्ति लाई परिचय पत्र वितरण गरिएको थियो ।