कात्तिक १९, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न अनुसार रहेकाे छ ।
१.संयुक्त धार्मिक संघर्ष समितिले धार्मिक अभियान्ता केदारमान भण्डारीलाई रिहा गर,तथाकथित गुरुयोजना खारेज गर,सम्पुर्ण धार्मिक मठ-मन्दिर तुरुन्त खोल,वैदिक सनातन हिन्दु राष्ट्र कायम गर र धार्मिक क्षेत्र माथिको अतिक्रमण बन्द गर लगायताका माग राखि संकेतिक विरोध कार्यक्रम गर्ने ।
स्थान :- पशुपतिनाथ मन्दिरको दक्षिण गेट
समय :- ९:३० बजे देखि १०:३० बजे सम्म
२.भारतिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको मिति २०७७/०७/१९ गते देखि २०७७/०७/२१ गते सम्म नेपाल भ्रमण कार्यक्रम तय भएको छ । त्यस्को बिरोध मा प्रतिबन्धित विप्लव समुहसहित कार्यगत एकतामा सम्मितित २१ राजनीतिक दलहरू,नेपाली काङ्ग्रेस वी.पी.,सचेत नेपाली पार्टी,राष्ट्रिय युवा पार्टी,ज्ञानेन्द्र शाही,हेमराज थापा लगायत विभिन असन्तुष्ट राजनीतिक दलहरू र व्यक्ति तथा समुहहरूले कालो झण्डा देखाई तथा कालो वेलुन उडाई विरोध प्रदर्शन गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
३.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
४.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।