• २०८३ बैशाख १९ गते शनिवार

अर्थमन्त्री डा. युवराज खतिवडा  “म जग बसालेर बिदा भएँ, तपाईहरुले निरन्तरता दिनुहोस्स्”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १९ ,काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनुभएको छ ।  मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बतानुभएको छ ।

त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताउँदै खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मान्नुभएको छ ।अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा हुनुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस