कात्तिक २४, काठमाडौँ । नेकपा एमाले काठमाडौँ महानरपालिका–१४ वडा कमिटीले दीपावली, नेपाल संवत र छड पर्वको अवसरमा शुक्रबार कलंकीमा चियापान कार्यक्रमको आयोजना गरेकाे छ। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा सोही पाटीका पोलिटव्युरो सदस्य आनन्द पोखरेल, भानुभक्त ढकाल, काठमाडौ महानगर पालिकाका पूर्व मेयर बिद्यासुन्दर शाक्य, वर्तमान उपमेयर सुनिता डंगोल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
१४ वडा कमिटीका सचिव रमेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले अहिले लोकतन्त्र विरोधी समूह सक्रिय भएकाले सबै दलका नेता तथा कार्यकर्ता एक भएर त्यस्ता व्यवस्था विरोधी समूहलाई पराजित गर्नु पर्ने बताएका थिए ।
