भदौ १९, काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घले रातो ललितपुरस्थित मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेलाई प्रहरीले दमन गरेको भन्दै सहमतिका आधारमा निकास निकाल्न आग्रह गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ ।

मत्स्येन्द्रनाथको रथ राखिएको पुल्चोक क्षेत्रमा भेला भएका स्थानीयवासीलाई प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै बल प्रयोग गरेपछि बिहीबार दिनभर स्थिति तनावग्रस्त भएको थियो । स्थिति काबुमा राख्न शुक्रबार ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाइएको छ ।